जापानमा शक्तिशाली भूकम्प आएको एक दिनपछि मङ्गलबार साँझ टोकियोको हानेडा विमानस्थलको रनवेमा जापानी एयरलाइन्सको विमानमा आगलागी भएको छ ।
जहाजमा रहेका सबै ३७९ यात्रु र चालकदलका सदस्यहरू सुरक्षित छन्, तर तटरक्षक विमानमा सवार ५ जनाको मृत्यु भएको छ र कप्तान गम्भीर घाइते भएका छन् ।
विमानमा आगलागी हुँदा ३७९ जना यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । सबै यात्रुहरु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
आगो नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका थिए । ‘हानेडा’ जापानको सबैभन्दा व्यस्त एयरपोर्टहरू मध्ये एक हो ।
मिडिया रिपोर्टका अनुसार अवतरणपछि यो अर्को विमानसँग ठोक्कियो, जसका कारण यसमा आगो लाग्यो । विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको एनएचके टिभीले जनाएको छ । स्थानीय टिभीले देखाएको भिडियोमा जापान एयरलाइन्सको विमान रनवेमाथि उडेको बेला आगो र धुवाँको ठूलो विस्फोट देखाइएको छ । त्यसपछि त्यस क्षेत्रमा आगलागी भएको थियो ।