दक्षिण कोरियामा विपक्षी दलका शीर्ष नेता ली जे-म्युङको घाँटीमा छुरा प्रहार गरिएको रोयटर्सले जनाएको छ ।
स्थानीय समाचार एजेन्सीका अनुसार मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा म्युङको घाँटीमा छुरा प्रहार गरिएको थियो । प्रस्तावित विमानस्थलको स्थल भ्रमण गर्दा एकजना अज्ञात व्यक्तिले आक्रमण गरेको छ ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार आक्रमणकारी जे म्युङसँग अटोग्राफ माग्न आएका थिए । आक्रमणकारी ५० वा ६० वर्षीय व्यक्ति जस्तो देखिएको छ ।
अटोग्राफ माग्दै गर्दा, उनी अचानक अगाडि बढे र नेतालाई आक्रमण गरे । आक्रमणकारीलाई तुरुन्तै पक्राउ गरी हिरासतमा लिइएको छ ।
तस्विरहरूमा, ली भुइँमा सुतिरहेको देखिन्छ र मानिसहरूले उनको घाँटीको छेउमा रुमाल थिचेर राखेका छन् । घटनापछि घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।