जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरी टोलीले पुष १५ गते वन मुद्दामा ३ महिना कैद र रु. १ हजार ५ सय ५१ रुपैयाँ जरिवाना भएको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला, उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ९ उत्तराई टोल बस्ने वर्ष ५० वर्षको लल्कु सदालाई पक्राउ गरिएको छ ।
निजलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।