You are currently viewing अबैध बालुवा उत्खनन गर्ने २ ट्रेक्टर पर्सा प्रहरीको नियन्त्रणमा

अबैध बालुवा उत्खनन गर्ने २ ट्रेक्टर पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, १३ पुष,

जिल्ला, पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थितमा रहेको भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्तखन्न गरिरहेको ट्रेक्टरहरुलाई नियन्त्रणमा गरिएको छ ।

सूचनाको अवस्थामा इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली कार्यालयको मातहत प्रहरी चौकी मिलन चौक, पर्साबाट खटिएको प्रहरी सहायक निरिक्षक प्रमोद साह तेलीको टोलीले वालुवा लोड ना ७ त ६२७८ र ना ७ त ३७७२ नम्बरको ट्रेक्टरहरुलाई नियन्त्रणमा गरेका छन् ।

उक्त नम्बरको गाडीहरुलाई नियन्त्रणमा गरी आवश्यक कार्वाहीको लागि पठाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले जनाएको छ ।

Leave a Reply