You are currently viewing सिराहामा ठूलो परिमाणमा गाँजा खेती फँडानी

सिराहामा ठूलो परिमाणमा गाँजा खेती फँडानी

नेभा, सिराहा, ११ पुष,

धनगढीमाई नगरपालिका वडा नम्बर ८ चियाबारीटोल स्थितमा स्थानियहरुले लगाएको गाँजाका बोटहरुलाई प्रहरीहरु द्वारा नष्ट गरिएको छ ।

स्थानियहरुले गाँजाका बोटहरु लगाएको खबर प्राप्त हुन साथ तत्काल अस्थायी प्रहरी पोष्ट कसहा सिरहाबाट प्रहरी सहायक निरिक्षक यज्ञ बहादुर भट्टाराईको कमाण्डमा ६ जना र ईलाका प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरिक्षक शारदा शंकर साहको कमाण्डमा ९ जना गरी १५ जनाको प्रहरी टोली खटि गई चियाबारीटोलमा खेतबारीमा, करेसाबारी र आँगनहरुमा लगाइएको बोटहरु लाई नष्ट तथा फडानी गरिएको छ ।

उक्त स्थानमा खेतबारी, करेसाबारी र आँगनहरुमा गरी अन्दाजी ५ कठ्ठामा लगाएको अन्दाजी ४००० वटा गाँजाको बोटहरु फडानी तथा नष्ट गरिएको कुरा प्रहरी निरिक्षक उदयभान द्विवेदीले जनाएका छन् ।

Leave a Reply