जिल्ला रुपन्देही सिद्दार्थनगर नगरपालिका वडा नम्बर ८ बैंक कलौनी स्थितमा रहेको ग्यालेक्सी होटलमा केही ब्यक्तिहरुले लागूऔषध खैरो हिरोईनको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा २ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय, भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोली खटिई गई निग्रानी तथा चेकजाँच गर्ने क्रममा ग्यालेक्सी होटलमा शंकास्पद रुपमा रहेका जिल्ला पर्सा सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर २ जमुहानी बस्ने ३९ वर्षको श्रीलाल प्रसाद यादव र सोहि ठाउँमा बस्ने ४५ वर्षकी उमा देवी चौधरीसँग लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ २० ग्राम ७०० मिलीग्राम तौल बराबरको बरामद भएको छ ।
निजहरुलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट दिन ७ म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।