You are currently viewing ३६ किलो लागूऔषध गाँजा सहित गाडी नियन्त्रणमा

३६ किलो लागूऔषध गाँजा सहित गाडी नियन्त्रणमा

नेभा, बारा, ६ पुष,

प्रहरी चौकी, पथलैया बाराबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा लागूऔषध गाँजा सहित गाडीलाई नियन्त्रणमा लिइएको छ ।

सर्भिस लाईनमा पार्किङ गरी राखेको DL4CNB3681 नम्बरको भारतीय स्कारपिओ गाडी शंकास्पद लागि चेकजाँच गर्दा गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको अन्दाजी ३६ किलो अबैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

लागूऔषध गाँजालाई गरी गाडि समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply