जिल्ला बारा, निजगढ नगरपालिका वडा नम्बर ९ सिंगौल गेट स्थित पूर्ब पश्चिम राजमार्गमा निजगढ देखि उदयपुरतर्फ जाँदै गरेको प्र १- ०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल र रौतहत देखि निजगढ तर्फ आउँदै गरेको बा ९७ प ९४४ नं. को मोटरसाइकल अत्यधिक गतिको कारणले अनियन्त्रित भई एक आपसमा ठोक्किँदा दुईजना व्यक्तिको मृत्यु भएको छ ।
मोटरसाइकल चालक जिल्ला उदयपुर कटारी नगरपालिका २ बस्ने ३४ वर्षको चन्द्रदिप लामा उपचारको क्रममा र मोटरसाइकल चालक जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ पौराई बस्ने ३१ वर्षको बुद्ध बहादुर बलको उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाइकलमा सवार जिल्ला रौतहट चन्द्रपुर नगरपालिका ३ पौराई बस्ने ३५ वर्षको बाबुराम सुनारको टाउकोमा चोट लागी घाइते भएका छन् ।
उक्त घाईते भएको व्यक्तिहरुको सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।