जिल्ला भक्तपुर, सुर्यविनायक नगरपालिका वडा नम्बर १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसार-पसार तथा कारोवारबारे गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष टोली जिल्ला इलाम, इलाम नगरपालिका वडा नम्बर ९ को चिरन्जीवी सिन्चुरी र जिल्ला नवलपुर, कावासोती नगरपालिका वडा नम्बर २ को लेख बहादुर कार्कीलाई शंकामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
निजहरुको साथबाट KF 7.65 लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल १ थान, सोहि पेस्तोलमा लाग्ने खाली म्याग्जीन १ थान र लागु औषध खैरौ हेरोईन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पर्दा पक्राउ गरिएको छ ।
निजहरुलाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाईएको कुरा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।