जिल्ला उदयपुर उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ हाडेबासँमा प्रहरीले दुईजना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर ४ बस्ने २३ वर्ष उमेर भएको नेत्र परियार र सोहि ठाउँमा बस्ने ५२ वर्षका दुर्गा बहादुर रोक्कालाई लागूऔषध १६ किलो ३३० ग्राम गाँजा सहित फेला पारी पक्राउ नियन्त्रणमा लिइएको छ ।
निजहरुलाई दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।