You are currently viewing ट्रयाक्टर दुर्घटनामा सह-चालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा सह-चालकको मृत्यु

नेभा, मोरङ, २८ मंसिर,

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

मंसिर २७ गते बिहान उर्लाबारीको वडा नम्बर १ स्थित खेतमा माटो लोड गरी सडक तर्फ आउदै गरेको प्रदेश १-०२-००३ त १०५६ नम्बरको ट्रयाक्टरबाट सहचालक मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ को ३४ वर्षको नैन श्रेष्ठ लडी घाईते भएकोमा तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक मिक्लाजुङ वडा नम्बर ९ को निवासी भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply