You are currently viewing २ किलो सुन सहित चिनी नागरीक पक्राउ

२ किलो सुन सहित चिनी नागरीक पक्राउ

नेभा, काठमाडौं, २४ मंसिर,

जिल्ला रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले मंसिर २१ गते एक चिनीया नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेकपोष्टमा रसुवाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२८ च २६९७ नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा उक्त गाडीको Gear Box एरियामा Heraeus Feingold 999.99 1000 ग्राम समेत लेखिएको सुन जस्तो देखिने पहेलो रंगको धातुको विस्कुट आकारको २ थान ढिक्का २ किलो बरामद गरी बिरु तामाङ सहित ३ जना लाई पक्राउ गरीएकोमा तत्काल फरार रहेका चाईनिज नागरीकलाई मंसिर २२ गते पक्राउ गरिएको छ ।

निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाईएको खबर प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी गराएको छन् ।

Leave a Reply