You are currently viewing गाजामा १७,७०० मर्ने मध्येमा दुई तिहाइ महिला र बालबालिका

गाजामा १७,७०० मर्ने मध्येमा दुई तिहाइ महिला र बालबालिका

नेभा, २४ मंसिर,

इजरायल र हमास बीचको युद्धमा गाजामा भयानक नरसंहारको अवधि जारी छ । ठूलो संख्यामा प्यालेस्टिनी नागरिक पनि मारिएका छन् । युद्धविराम पछि इजरायली सेनाले गाजामा फेरि विनाश सुरु गरेको छ । यसमा हालसम्म सयौं प्यालेस्टाइनी मारिएका छन् । अमेरिकाले पनि सामान्य प्यालेस्टाइनीको मृत्युप्रति चिन्ता व्यक्त गरेको छ ।

इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या १७ हजार ७ सय नाघेको छ जसमा दुई तिहाइ महिला र बालबालिका रहेका छन् । हमास नियन्त्रित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो ।

इजरायलले शनिबार दक्षिणी गाजा पट्टीमा हवाई आक्रमण र गोलाबारीलाई तीव्र पारेको थियो । सुरक्षा परिषद्का सदस्यहरू र अन्य धेरै देशहरूले समर्थन गरे पनि गाजामा मानवीय आधारमा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको प्रस्तावमा अमेरिकाले भिटो लगाएको एक दिनपछि आक्रमणहरू भएको हो ।

कूल १५ सदस्यीय परिषद्मा प्रस्तावको पक्षमा १३ र विपक्षमा एक मत खसेको थियो भने बेलायत अनुपस्थित थियो । इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछिको भूमिगत कारबाहीमा आफ्ना ९७ सैनिक मारिएको जनाएको छ । हमासको अक्टोबर ७ मा भएको आक्रमणमा करिब १,२०० मानिस मारिए, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए र २४० जनालाई बन्धक बनाइएको थियो ।

Leave a Reply