You are currently viewing लागूऔषध सहित ४ जना व्यक्तिहरु पक्राउ
Man in prison

लागूऔषध सहित ४ जना व्यक्तिहरु पक्राउ

नेभा, बिराटनगर, १९ मंसिर,

झापा र उदयपुर जिल्लाको बिभिन्न ठाउँहरुबाट लागूऔषध ब्राउन सुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अपरान्ह झापाको मेचिनगर नगरपालिका वडा नम्बर ६ मा रहेको लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को ३५ वर्षको चन्द्र बहादुर खड्कालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीसँग २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको हुनाले प्रहरीले पक्राउ गरेको छ ।

साथै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मा स्थित ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ को  १९ वर्षको रुपेश कार्की, १९ वर्षको निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

उक्त व्यक्तिहरुलाई पक्राउ गरी लागूऔषध सहित थप अनुसन्धान भइरहेको खबर कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी गराएको छ ।

Leave a Reply