You are currently viewing इजरायल र हमास बीचको युद्धमा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

इजरायल र हमास बीचको युद्धमा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

नेभा, १७ मंसिर,

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या १५,२०० नाघेको जनाएको छ । मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । यो संख्या मन्त्रालयका प्रवक्ता अशरफ अल-किद्राले शनिबार घोषणा गरेका थिए । उनले यसबारे थप विवरण भने दिएनन् ।

यसअघि मन्त्रालयले आफ्नो विज्ञप्तिमा १३ हजार ३ सयभन्दा बढीको मृत्यु भएको बताएको थियो । तर यो संख्या बढ्नुको कारणबारे किद्राले केही हाल केही बताएको छैन ।

अशरफ अल-किद्राले ४० हजारभन्दा बढी घाइते भएको बताएका छन् । हमाससँगको एक हप्ता लामो युद्धविराम पछि, इजरायलले फेरि आक्रमण बढाएको छ र थप नागरिकको हताहतको चिन्ता बढाएको छ । यद्यपि अमेरिकाले आफ्नो सहयोगी इजरायललाई नागरिकको सुरक्षाका लागि सबै सम्भव कदम चाल्न आग्रह गरेको छ ।

इजरायलले शनिबार दक्षिणी गाजाको खान युनिस क्षेत्रमा धेरै आक्रमण गरेको थियो । सेनाले यस अवधिमा हवाई बमबारी, ट्याङ्क र आफ्नो नौसेना प्रयोग गरी हमासका ५० भन्दा बढी स्थानमा आक्रमण गरेको बताइएको छ ।

Leave a Reply