केरा एउटा यस्तो फल हो जसलाई मानिसहरुले हरेक दिन आफ्नो आहारमा समावेश गर्दछ । यो उच्च फाइबरको स्रोत हो, जसले पेटको मेटाबोलिक दर बढाउन मद्दत गर्दछ र तौल सम्बन्धी धेरै समस्याहरूबाट बच्न मद्दत गर्दछ । तर कहिलेकाहीं केरा खाँदा केही बेफाइदा पनि हुन सक्छ । वास्तवमा केरा खाइसकेपछि केही चिजको सेवनले तपाईलाई बिरामी बनाउन सक्छ । तसर्थ केरा खाएपछि के खानु हुँदैन र किन खाने भन्ने कुरा हामी सबैले जान्नै पर्छ । हामी तपाईलाई यस बारे विस्तृत जानकारी दिनेछौ ।
केरालाई दुधसँग नखाने वा केरा खाइसकेपछि दुध पिउनबाट जोगिनुपर्ने आयुर्वेद विज्ञ बताउँछन् किनभने यो मिश्रणले पाचन शक्तिलाई कमजोर बनाउँछ र शरीरमा विषाक्त पदार्थ उत्पादन गर्छ । यो मिश्रणको सेवनले रुघाखोकी र एलर्जी हुन सक्छ ।
केरा खाएपछि पनिरबाट बनेको कुनै चिज खाँदा त्यसको मेटाबोलिजम ढिलो हुन सक्छ । वास्तवमा, पनिर पचाउन लामो समय लाग्न सक्छ । साथै, केहि घण्टामा तपाईले अपच र ग्यासको समस्या महसुस गर्न सक्नुहुन्छ ।
केरा खाइसकेपछि घिउ र महको सेवनले शरीरमा प्रतिकूल प्रतिक्रिया निम्त्याउँछ । महमा न्यानो, सुकाउने र तुरट गुण हुन्छ भने घिउमा चिसो पार्ने, मोइस्चराइज गर्ने गुण हुन्छ र केरामा यी दुईको तुलनामा उच्च फाइबर हुन्छ । तसर्थ, केरा खाएपछि यी दुवैको सेवन गर्नु तपाईंको लागि हानिकारक हुन सक्छ ।