You are currently viewing यो ३ वटा हरियो तरकारीमा हुन्छ अण्डा भन्दा बढी प्रोटिन

यो ३ वटा हरियो तरकारीमा हुन्छ अण्डा भन्दा बढी प्रोटिन

नेभा, २० बैशाख,

शरीरमा प्रोटिनको कमीले अन्य धेरै कुराको कमी हुन्छ र यसका कारण धेरै रोगहरु बढ्न थाल्छन् । प्रत्येक वयस्क व्यक्तिलाई दिनमा ५० देखि ६० ग्राम प्रोटिन चाहिन्छ । कठिनाई यो छ कि अधिकांश मानिसहरूले त्यति प्रोटिन लिन सक्दैनन्। प्रोटिन प्राप्त गर्नका लागि मानिसहरु प्रायः अण्डा वा मांसाहारी वस्तुबाट मात्रै पाइन्छ भन्ने सोच्छन् तर त्यस्तो होइन । यदि तपाई शाकाहारी हुनुहुन्छ भने तपाईको लागि पनि हरियो सागपातमा यस्ता तरकारीहरु छन् जसमा अण्डा भन्दा बढी प्रोटिन पाइन्छ । आउनुहोस् जानौं यी तीन तरकारी कुन हुन् जसमा अण्डाभन्दा बढी प्रोटिन पाइन्छ ।

हेल्थसटका अनुसार काउली वा ब्रोकाउली उच्च प्रोटिनयुक्त हरियो तरकारी हो जसमा अण्डाभन्दा बढी प्रोटिन हुन्छ । काउलीको विशेषता भनेको यसमा बोसो र क्यालोरी निकै कम हुन्छ । त्यसैले तौल घटाउन यो निकै उपयोगी हुन्छ । यसका साथै काउलीमा फोलेट, म्याग्नेसियम, पोटासियम, फस्फोरस, भिटामिन के र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ जसले हामीलाई क्यान्सरसँग पनि लड्न मद्दत गर्छ ।

हरियो मटरमा पनि प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । यसका साथै यसले शरीरमा बोसो र कोलेस्ट्रोल कम गर्छ । हरियो मटरमा म्याग्नेसियम, कपर, फस्फोरस, फोलेट, जिंक, आइरन र म्यांगनीज जस्ता खनिज तत्वहरू पाइन्छ जसले धेरै रोगहरूको जोखिम कम गर्छ । हरियो मटरमा कोमोस्टेरोल फाइटोन्यूट्रिएन्ट पाइन्छ जसले कोलोन क्यान्सरबाट बच्न सक्षम हुन्छ ।

हरियो सागसब्जीमा सबैभन्दा बढी प्रोटिन पालकमा पाइन्छ । यसका साथै पालकमा एमिनो एसिड हुन्छ । पालक सबै तरकारीहरू मध्ये दोस्रो सबैभन्दा प्रोटीन युक्त तरकारी हो । प्रोटिन बाहेक यसमा भिटामिन ए, भिटामिन के र भिटामिन सी पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र आँखाको ज्योति बढाउँछ ।

Leave a Reply