You are currently viewing सी जिनपिङसँग भेटघाटका क्रममा भ्लादिमिर पुटिनले भने युक्रेनसँग वार्ताका लागि सधैं तयार

सी जिनपिङसँग भेटघाटका क्रममा भ्लादिमिर पुटिनले भने युक्रेनसँग वार्ताका लागि सधैं तयार

नेभा, ७ चैत्र,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग क्रेमलिनमा भएको भेटमा आफ्नो देश जुनसुकै बेला वार्ताका लागि तयार रहेको बताएका छन् । युक्रेन संकट समाधान गर्ने चीनको योजनाको जवाफमा पुटिनले सोमबार यस्तो टिप्पणी गरेका हुन् । रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यका साथ चीनले फेब्रुअरीमा यो योजना सार्वजनिक गरेको बताइएको छ ।

तर, अमेरिकाले यसविरुद्ध चेतावनी दिएको थियो । बेलायती प्रसारकले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई उद्धृत गर्दै भनेका छन्, “आफ्नो शर्तमा युद्ध रोक्न रुसले चीन वा अन्य कुनै देशको समर्थनमा गरेको रणनीतिक कदमबाट विश्वलाई मूर्ख बनाउनु हुँदैन ।”

रुसी सरकारी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार दुई नेताबीच सोमबार वार्ता भएको थियो । पुटिनलाई “प्रिय मित्र” भनेर सम्बोधन गर्ने सी ले आफ्ना रुसी समकक्षीको प्रशंसा गर्दै उहाँको नेतृत्वमा देशले उल्लेखनीय प्रगति गरेको सीएनएनले जनाएको छ । दुवै पक्षले युक्रेनको मुद्दामा विचार आदानप्रदान गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

Leave a Reply