टर्की–सिरियामा भएको प्रकोपको ८ दिन भइसकेको छ । बाढीले हालसम्म ३४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने लाखौं घाइते भएका छन् । विश्वका ६५ भन्दा बढी देशले टर्कीमा उद्धार कार्य गरिरहेका छन् । भग्नावशेषबाट शव निस्कने क्रम जारी छ । भूकम्पबाट टर्कीको कहरामनमारस सहर सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ठुलो मृत्युपछि शव गाड्ने ठाउँ छैन, जसका कारण ५ हजार शवको सामूहिक दाहसंस्कार गरिएको छ । यति मात्र होइन, यी शवलाई गाड्न यहाँ रहेको जंगलको केही भाग काटेर चिहान बनाइएको थियो ।
यहाँको चिहानमा एकैसाथ ५ हजार शव गाडिए पनि शवको लामो लाइन देखिन्छ । शवहरू जमिनमा राखिएको छ र मानिसहरू लाइनमा पर्खिरहेका छन् । यहाँको भीषण विनाशका कारण मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ र अवस्था झन् बिग्रँदै गएको छ ।
अहिले पनि भग्नावशेष हटाउने काम जारी छ भने शव निकाल्ने प्रक्रिया पनि चलिरहेको छ । भग्नावशेष हटाउन अझै केही दिन लाग्न सक्ने भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।