You are currently viewing छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ

छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ

नेभा, विराटनगर, ७ असार,

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने विराटनगर वडा नम्बर ४ को २४ वर्षीय गणेश भन्ने रमेश यादव पक्राउ रहेका छन् ।

असार ५ गते बुधबार यादवले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका वडा नम्बर १२ सुनसरीका २३ वर्षीय अक्लेश कुमार यादवलाई सामान्य वाद विवादका क्रममा धारीलो हतियार छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाईते भएका यादवको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न रमेश यादवलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply