धेरैजसो मानिसले बोक्रासहित आलु खाँदैनन् । यसको एउटा कारण फोहोर र अर्को स्वाद हो । तर, तपाईलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि स्वास्थ्यको हिसाबले भने बोक्रासहित आलुको सेवन निकै फाइदाजनक हुन्छ । यसका धेरै कारण छन् तर ती मध्ये एउटा हो आलुको बोक्रामा पाइने भिटामिन र पोषक तत्व ।
आलुको बोक्रा पोटासियमको उत्कृष्ट स्रोत हो । यसका साथै आलुको बोक्रामा राम्रो मात्रामा आइरन पनि हुन्छ, जसले रातो रक्त कोशिकाहरूलाई बढावा दिन्छ ।
आलुको बोक्रा पोटासियम र म्याग्नेसियमको ठूलो स्रोत हो । जब शरीरमा पोटासियम हुँदैन, यसले तपाईंको शरीरमा अतिरिक्त सोडियम राख्छ र यसले उच्च रक्तचाप निम्त्याउँछ । यस्तो अवस्थामा आलुको बोक्राको पोटासियमले यो कमीलाई हटाउन र रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ ।
पाचन प्रणाली ढिलो हुँदा पाचन प्रक्रिया कमजोर हुन सक्छ । यस्तो अवस्थामा आलुको बोक्रासँगै सेवन गर्नु निकै प्रभावकारी हुन्छ । यी बोक्राले पेटमा रफ र फाइबरको रूपमा काम गर्न सक्छ, जुन सजिलै पच्दैन र पाचन प्रणालीलाई छिटो बनाउन मद्दत गर्दछ । यसरी आलुको बोक्राले हाम्रो पाचनलाई मद्दत गर्छ ।