अल-कायदासँग सम्बद्ध चरमपन्थी समूह अल-शबाबले आक्रमणको जिम्मेवारी लिएको छ र यसले शिक्षा मन्त्रालयलाई निशाना बनाएको बताएको छ, किनकि यो समूह “सोमाली बालबालिकाहरूलाई इस्लामिक विश्वासबाट हटाउन प्रतिबद्ध” रहेको विश्वास गरेको छ । गारोवे न्युज पोर्टलका अनुसार शनिबार विष्फोट जनरल धगाबादन सैन्य तालिम केन्द्रमा भएको थियो, जुन पुरानो क्यान्डी कारखानामा रहेको थियो ।
३० अक्टोबर सोमालियाका लागि कालो दिन साबित भयो । सोमालियाको राजधानी मोगादिसुमा भएको डरलाग्दो कार बम विष्फोटमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । राजधानीको निकै भीडभाड भएको क्षेत्रमा आक्रमण गरिएको थियो । आक्रमणमा ज्यान गुमाउनेमा बालबालिका, वृद्धवृद्धा र युवा समेत रहेका थिए ।
आक्रमण यति घातक थियो कि वरपर बनेका घर र पसलका झ्याल र ढोका समेत उडाएका थिए । सिसा फुटेका थिए । छेउछाउमा पार्किङ गरेका अन्य धेरै सवारीसाधन पनि धुवाँमा परिणत भएका छन् । आक्रमणमा घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।