You are currently viewing कोस्टारिकामा भीषण सडक दुर्घटना, ९ जनाको मृत्यु र ३४ घाइते

कोस्टारिकामा भीषण सडक दुर्घटना, ९ जनाको मृत्यु र ३४ घाइते

नेभा, ३ आश्विन,

मध्य अमेरिकी देश कोस्टारिकाको अन्तर-अमेरिकी राजमार्गमा एउटा यात्रुबाहक बस ७५ मिटर तल खाडलमा खसेको छ । जसमा सवार कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । भारी वर्षाका कारण पहिरो खसेर दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

सान जोसबाट ७० किलोमिटर टाढा क्याम्ब्रोनेरोमा शनिबार दुर्घटना भएको हो । दुर्घटनास्थल कोस्टारिकाको राजधानीलाई प्रशान्त महासागरको तटीय प्रान्त पुन्टरेनाससँग जोड्ने राजमार्गमा छ ।

पहिरोका कारण बससँग दुईवटा गाडी ठोक्किएर बस सडकको खाल्डोमा खसेको रेडक्रस संस्थाले जनाएको छ । आपतकालीन टोलीले आइतबार नौमध्ये चार जनाको शव निकालेको प्रहरीले जनाएको छ । रेडक्रसका अनुसार ३४ जना घाइते भएका छन् । कोस्टारिकाको रेडक्रसले ३४ घाइते मध्ये ६ जनालाई सामान्य चोट लागेको बताएको छ ।

Leave a Reply