श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रिपरिषद्मा देशको नयाँ प्रधानमन्त्री हुनेछन् ।
उनी पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेको कार्यकालमा अप्रिलमा गृहमन्त्री बनेका थिए । उनले परराष्ट्रमन्त्री र शिक्षामन्त्रीसमेत भइसकेका छन् । गुणवर्द्धने सहितको मन्त्रिपरिषद्मा विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति हुँदा मन्त्रिपरिषद्का सदस्य रहेका नेताहरू नै समावेश हुनेछन् ।
संसद्को अधिवेशन प्रारम्भमा सरकारमा सहमति नभएसम्म अघिल्लो मन्त्रिपरिषद्ले काम गर्नेछ र त्यसपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । विक्रमासिङ्घेले सर्वदलीय सरकार बनाउने अधिकारीहरूले बताएका छन् । ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई बुधबार सांसदहरुले राष्ट्रपतिमा निर्वाचित गरेका हुन् ।
विक्रमासिङ्घे राष्ट्रपति बनेपछि अब नगद संकटमा परेको श्रीलंकाको राहत सम्झौताका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग जारी वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।