You are currently viewing जोहानेसबर्गको बारमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

जोहानेसबर्गको बारमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

नेभा, २७ आषाढ,

दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित एक बारमा बम आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको छ । यस गोलीबारीमा 14 जनाको मृत्यु भएको छ र ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल लगिएको छ । जोहानेसबर्गको सोवेटो टाउनशिपको एक बारमा गोली हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ यो घटना शनिबार राति भएको हो ।

आक्रमणकारीहरू मध्यरातको केही समयपछि जोहानेसबर्गको सोवेटोमा रहेको बारमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउन थाले । आक्रमणकारीहरू त्यसपछि सेतो रंगको टोयोटा क्वान्टम मिनीबसमा भागेका थिए । यस हमलामा १० जना घाइते भएको बताइएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार बारमा मानिसहरु नाचिरहेका थिए जब आक्रमणकारी आएर गोली चलाउन थाले । अचानक भएको घटनाले हलचल मच्चाएको छ । जसमा १२ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । यसरी कुल १४ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा अधिकांश १९ देखि ३५ वर्षका छन् । ओर्लान्डो प्रहरी स्टेशन कमाण्डर ब्रिगेडियर नोनहल्लान्ला कुबेकाले विस्तृत जानकारी चाँडै दिइने बताए । घटनास्थलबाट बरामद कारतूसबाट आक्रमणकारीको संख्या एकभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply