You are currently viewing अमेरिकाको टेक्सासमा ट्रकभित्र ४६ जनाको शव फेला, प्रहरीसँग जवाफ छैन

अमेरिकाको टेक्सासमा ट्रकभित्र ४६ जनाको शव फेला, प्रहरीसँग जवाफ छैन

नेभा, १४ आषाढ,

अमेरिकाबाट डरलाग्दो खबर बाहिर आएको छ । ट्रकबाट एक–दुई होइन ४६ जनाको शव फेला परेको छ । यो खबर सार्वजनिक हुनेबित्तिकै हलचल मच्चियो । यो केस टेक्सास राज्यसँग सम्बन्धित छ जहाँ सान एन्टोनियोमा सोमबार एक ट्रक भित्र करिब ४६ जना मानिस मृत फेला परेका थिए। कानून प्रवर्तन अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् । तर, सान एन्टोनियोको प्रहरीले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

सान एन्टोनियो फायर डिपार्टमेन्टका अनुसार सोमबार राती १६ अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । जसमध्ये ४ जना नाबालिग छन् । उनलाई गर्मीका कारण अस्पताल भर्ना गरिएको थियो । तीन जना आप्रवासीलाई मेथोडिस्ट महानगरीय अस्पतालमा लगिएको थियो जहाँ उनीहरूको अवस्था स्थिर छ । उनीहरु सबै बन्द ट्रकभित्र बसेका र गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको बताइएको छ ।

टेक्सासको तापक्रम सोमबार ४० डिग्री सेल्सियस पुगेको छ । यस घटनामा तीन जनालाई हिरासतमा राखिएको छ । सन् २०१७ मा पनि टेक्सासमा १० आप्रवासीको शवले भरिएको ट्रक भेटिएको थियो ।

Leave a Reply