You are currently viewing श्रीलङ्का सरकारले आर्थिक संकटबाट प्रभावित ३३ लाख गरिब परिवारलाई तीनदेखि ७५ सय रुपैयाँ सहयोग गर्ने

श्रीलङ्का सरकारले आर्थिक संकटबाट प्रभावित ३३ लाख गरिब परिवारलाई तीनदेखि ७५ सय रुपैयाँ सहयोग गर्ने

नेभा, २१ बैशाख,

श्रीलङ्का सरकारले हालको आर्थिक संकटबाट प्रभावित न्यून आय भएका परिवारलाई रु तीन हजारदेखि रु ७५०० सम्मको नगद सहायता उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

व्यापारमन्त्री शेहान सेमासिंघेले यसका लागि विश्व बैंकको सहयोग प्रयोग गरिने बताए । मन्त्रीले भने कि करिब 33 लाख परिवार पहिचान गरिएको छ जसलाई मे देखि जुलाई सम्म नगद सहायता दिइनेछ । सेमासिंघेले भने, ‘देशमा चलिरहेको आर्थिक सङ्कटले न्यून आय भएका परिवार, वृद्धवृद्धा, अपाङ्गता, गरिब राहत पाउन योग्यहरू नराम्ररी प्रभावित भएका छन् । सरकारले तत्काल राहतका लागि प्रतिक्षा सूचीमा रहेका यी परिवार र अन्यलाई पहिचान गरेको छ ।

यसैबीच, प्रधानमन्त्री महिन्दा राजापाक्षको कार्यालयले श्रीलंकालाई औषधि, खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु खरिद गर्न चीनले ३० करोड युआन (३४५ करोडभन्दा बढी) उपलब्ध गराउने घोषणा गरेको छ । यस महिनाको सुरुमा चिनियाँ प्रधानमन्त्री ली केकियाङसँग राजापाक्षेको फोन वार्तापछि यो कदम चालिएको हो ।

Leave a Reply