You are currently viewing २६ गते बुधवार देखि बीरगञ्जका विद्यालयहरु भौतिक उपस्थितिमा शसर्त खुल्ने

२६ गते बुधवार देखि बीरगञ्जका विद्यालयहरु भौतिक उपस्थितिमा शसर्त खुल्ने

बीरगञ्ज, माघ २५,

विद्यालय सञ्चालन सम्बन्धि बीरगञ्जमा मंगलवार बसेको एक बैठकले माघको २६ गते बुधवार अर्थात भोलि देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सम्पूर्ण विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

बीरगञ्जका नगर प्रमुख विजय सरावगीको अध्यक्षतामा सामुदायिक माध्यमिक विदालय र आधारभूत विद्यालयका प्रधानाध्यापकहरु तथा प्याबसन, एनप्याब्सनका प्रतिनीधिहरुको उपस्थितिमा छलफल पछि सो निर्णय गरिएको हो ।

विद्यार्थीहरुको भौतिक उपस्थितिमा नियमित पठनपाठन सञ्चालन गर्न भने विद्यालयहरुले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु जस्तै मास्क लगाउने, सेनिटाइजन बोक्ने, बेला बेलामा साबुन पानीले हात हुने, भौतिक दुरी कायम गर्ने तथा तापक्रम लिई जाँच गर्ने कार्यहरुलाई अनिवार्यरुपले पालना गर्नु गराउनुपर्ने हुन्छ ।

यस अघि नै कोरोनाको खतरा कम भइरहेको तथा अधिकांश विद्यालयहरुले कोभिड विरुद्धको खोप आआफ्ना विद्यार्थीहरुलाई लगाइसकेका हुनाले केन्द्रीय सरकारले सिसिएमसिको सिफारिसमा फाल्गुण १ गते देखि स्वास्थ्यका मापदण्डहरुलाई पालना गरी विद्यालयहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन गर्न सकिने सिफारिस गरिसकेको छ ।

Leave a Reply