प्रियंका चोपडा र निक जोनस सरोगेसी मार्फत अभिभावक बनेका छन् ।
प्रियंका चोपडाले सामाजिक सञ्जालमा यो जानकारी दिएर सबैलाई चकित पारिन् । यसै क्रममा प्रियंकाकी बहिनी मीरा चोपडाको प्रतिक्रिया पनि आएको छ ।
एक न्यूजमा कुरा गर्दै मीरा चोपडाले भनिन्, प्रियंका सधैं धेरै बच्चा जन्माउन चाहन्थिन् । प्रियंकाको यो नयाँ अध्यायको लागि म धेरै खुसी छु । उनी छोरीको सुपर मम बन्न लागेकी छिन् ।
आमा बन्नु उनको शक्तिशाली व्यक्तित्वको विस्तार हो । हामी सबैलाई उहाँमा गर्व छ । प्रियंका चोपडा इन्स्टाग्राममा फ्यानहरूसँग खुशी बाँड्दै उनले भनिन्, हामीले सरोगेट मार्फत बच्चालाई स्वागत गरेको कुरा पुष्टि गर्न पाउँदा धेरै खुसी छौं ।