You are currently viewing प्रभु लाइफको पाँचौं वार्षिक उत्सव मानव सेवा आश्रममा

प्रभु लाइफको पाँचौं वार्षिक उत्सव मानव सेवा आश्रममा

नेभा, मंसिर २८,

प्रभु लाइफ इन्स्योरेन्स लि. ले आफ्नो स्थापनाकालको चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स, बीरगञ्जका लिङ्क रोड तथा आदर्शनगर शाखाहरुले पाँचौं वर्षगाँठ रानीघाट, बीरगञ्ज स्थित मानव सेवा आश्रममा एक कार्यक्रमबीच त्यहाँ  रहेका बालबालिका तथा वृद्धवृद्धासँग समय बिताउनुका साथै एक छाक भोजनको पनि व्यवस्था गरी मनाएका छन् ।

उता केन्द्रीय कार्यालयले पनि विज्ञप्तीमार्फत समस्त नेपालीहरुमाझ सुरक्षित भविष्यका लागि जीवन बीमा बारे सचेत गराउंदै र आफ्नो ग्राहक सेवालाई अझ सरल, सुलभ, गुणस्तरीय एवं आधुनिक ढंगले विस्तार गर्ने प्रण गर्नुका साथै अगाढ माया, विश्वास र सहकार्य गर्ने सम्पूर्ण ग्राहकसेवाग्राही, बिमा अभिकर्ता, कर्मचारी तथा सरोकारवाला सबैको विश्वास र सहयोगको निरन्तर अपेक्षा गर्दै कृतज्ञता ज्ञापन गरेको छ ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा प्रभु लाइफका प्रदेश प्रमुख शुदिष्ट कुमार गुप्ता, एरिया म्यानेजर राजिव कुमार झा, दुर्गेश शाह, अभिकर्ताहरु, अन्य कर्मचारी तथा मानव सेवा आश्रमका देवेशको उपस्थिति रहेको थियो ।

Leave a Reply