You are currently viewing सावधान ! भारतिय प्रहरीले नेपाली मोसालाई खोजिखोजी चालान काट्दै

सावधान ! भारतिय प्रहरीले नेपाली मोसालाई खोजिखोजी चालान काट्दै

बीरगञ्ज, जेष्ठ २०,

कोरोनाको दोस्रो लहरका कारणले गर्दा नेपालमा जारि गरिएको लकडाउनमा भारतिय सवारिसाधनलाई नेपाल प्रवेशमा कडा रोक लगाइएको थियो । यहि क्रममा पर्सा जिल्ला प्रशासन कार्यालय प्रमुख पिताम्बर घिमिरेले पर्सामा बैशाख १६ गते देखि निषेधाज्ञा जारिगरेको तथा सो अवधिलाई हप्ता हप्ता गरी हाल जेष्ठ ३० गते सम्म लम्ब्याइएको छ ।

निषेधाज्ञा कै क्रममा नेपालका पर्सा प्रहरीले विभिन्न समयमा अलगअलग स्थानबाट गैरकानुनी रुपले नेपाल प्रवेश गरेको भनी भारतिय नम्बरको मोटरसाइकल पक्राउ गरी भन्सार चलान र कतिपय मोसालाई हालसालै निलामी पनि गरेको थियो ।

नेपाल प्रहरीले गरेको यस्तो कार्यको जवाफमा भारतिय प्रहरीहरुले पनि नेपालबाट बजार गर्न गएका तराईका सर्वसाधारण स्थानियहरुलाई खोजिखोजी चालान काटेको कुरा बाहिरिएको छ ।
जेठ २० गते बुधबारका दिन नेपालमा उपलब्ध नरहेको औषद्यी किन्न बिहारको रक्शौल जाँदा  अरविन्द कुमार दुबे पनि भारतिय प्रहरीको ज्यादतीको शिकार बन्न पुगे ।

सो बारे भारतिय प्रहरीलाई सोध्दा नेपाली प्रहरीहरुले भारतिय मानिसहरुमाथि दमन गरेको र बीना कुनै पूर्व जानकारी वा चेतावनी सिधै भारतिय नम्बरको मोसालाई सिज गरी निलामी गरेको तर हामी त्यसो नगरी मात्र चालानी अर्थात जरिवाना मात्र लिई छाडेका छौं भनी त्यहा“का थाना प्रभारीले बताएका छन् ।

धेरै संख्यामा नेपालीहरु नै बिहान देखि बेलुकी सम्मको घरायसी सामान किनमेल गर्न सिमापारी रक्शौलमा जानेगरेका छन् । नेपाल प्रहरीको रवैयाको कारणले गर्दा अहिले प्रत्येक दिन सय भन्दा बढी नेपाली मोसाहरु बिहारी प्रहरीहरुबाट चालान कटाउन बाध्य छन् ।

साँढे को लडाईमा बाछा को मिचाइ जस्तो भएको स्थानीयहरुको प्रतिक्रिया रहेको छ ।

Leave a Reply