बीरगञ्ज, चैत्र ३,
बीरगञ्ज मेघा कलेज (बीएमसी)मा कक्षा ११ मा कानून विषय अध्ययन गर्ने विद्यार्थीहरुले पर्सा जिल्ला अदालत भ्रमण तथा अवलोकन गरेका छन् ।
बीएमसीका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानूको नेतृत्वमा उक्त भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो । पर्सा जिल्ला अदालतका तर्फबाट दिलिप राईले अदालतका विभिन्न कक्षहरु भ्रमण गराउन तथा अवलोकनमा मद्दत गर्नुका साथै विद्यार्थीहरुको विभिन्न प्रश्न तथा जिज्ञासाहरुलाई सम्वोधन गरेका थिए भने बीएमसीमा कानून विषय अध्यापन गराउने शिक्षक चन्द्रिका पटेलले कानूनी प्रकृया तथा अन्य व्यवहारिक पक्षको बारेमा जानकारी गराएका थिए ।

