You are currently viewing सिप बिना विदेश जाने सपना नदेखे भो…

सिप बिना विदेश जाने सपना नदेखे भो…

वैदेशिक रोजगारीमा जान चाहनेले अब तोकिएको क्षेत्र अनुसार न्यूनतम एक महिनाको सीप तालिम लिनैपर्ने भएको छ । सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भदौबाट सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने भएका हुन् ।

बैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन भदौबाट एक महिनाको सिप बिकाश तालिम अनिवार्य गरिएको हो। बिदेशीक रोजगार ऐनमा बैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था रहेको छ।

बिगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृति देखिएपछी भदौबाट अनलाईन प्रणाली मार्फत तालिमको ट्रयाकिङ्ग समेत गरिने भएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

Leave a Reply