You are currently viewing बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर

बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर

२०८३ भदौ ८, काठमाडौं, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बोहराले बालविकास सहजकर्ता पदमा नियुक्ति लिने क्रममा भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने सन् २०१० को Marks Sheet, Certificate र Migration Certificate लगायतका शैक्षिक प्रमाणपत्र नक्कली बनाई वा बनाउन लगाई तयार गरी पेस गरेको अनुसन्धानबाट खुलेको छ। उक्त प्रमाणपत्रका आधारमा उनले विद्यालयमा बालविकास सहजकर्ता पदमा नियुक्ति लिई सेवा गर्दै पारिश्रमिक, भत्ता तथा अन्य लाभ–सुविधा प्राप्त गरेको आयोगको दाबी छ।

आयोगले बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै सोही कानुनी प्रावधानअनुसार कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपपत्र २०८३ भदौ ८ गते विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो।

Leave a Reply