You are currently viewing सबैलाई पछि पार्दै ओम प्रथम, बीपीसी द्वितीय र बीपीएस तृतीय स्थान हासिल गर्न सफल

सबैलाई पछि पार्दै ओम प्रथम, बीपीसी द्वितीय र बीपीएस तृतीय स्थान हासिल गर्न सफल

साउन २६, बीरगंज,

बीरगंजमा मंगलबारको दिन प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वीरगञ्ज नगर एकाई समिति तथा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सहकार्यमा अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसर पारेर प्लस टु स्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता (+2 Level Inter-College Impromptu Speech Competition) सम्पन्न भएको छ। बीरगंजको कक्षा १२ मा अध्यनरत छात्रछात्राहरुलाई यस प्रतियोगितामा समावेश गराइएको थियो ।

उक्त् प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागि भएका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले दिइएको समयसीमा तथा विषयमा तत्काल आफ्नो विचार प्रस्तुत गर्दै ज्ञान, अभिव्यक्ति क्षमता,  आत्मविश्वास, तर्कशक्ति, सिर्जनशील सोच तथा नेतृत्व कौशल प्रदर्शन गरेका थिए।

सहभागी कलेजहरुमा मुख्यतः बिपिएस, ओम, बिपिसी, ग्लोबल, अल्पाइन आदि रहेका थिए । प्रतियोगितामा विभिन्न कलेजबाट सहभागी विद्यार्थीहरुमध्ये ओम नेशनल कलेजकी निकिता यादव प्रथम, बीपीसी कलेजकी गीताञ्जली मिश्रा द्वितीय र बीपीएस कलेजकी सुधाञ्जली मेहता तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका डिन अनञ्जय मिश्रा रहेका थिए भने कार्यक्रमलाई सहजीकरण संयोजक रोशन गुप्ताले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य तथा अध्यक्षता प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी राष्ट्रिय उपाध्यक्ष श्रीमती लक्ष्मी कर्ण दतले गरेकी थिइन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा रेणुका गिरी, दिपेश कर्ण र दिपेन्द्र कानु रहेका थिए। निर्णायकहरूले विद्यार्थीहरूको विषयवस्तु प्रस्तुत गर्ने शैली, तर्क, अभिव्यक्ति, समय व्यवस्थापन तथा समग्र प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरेका थिए।

Leave a Reply