You are currently viewing पूर्वमेयर सिंह जंगलमा मृत फेला, सनसनी मचियो

पूर्वमेयर सिंह जंगलमा मृत फेला, सनसनी मचियो

साउन २४, कपिलवस्तु: केही दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह कपिलवस्तुको सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तु नगरपालिका–३, देवनगडिया निवासी अन्दाजी ६५ वर्षीय सिंह गत साउन २२ गते साँझ ५:३० बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेस्थित तौलिहवा सडकखण्डको तिलौराकोट सामुदायिक जंगल क्षेत्रमा हराएका थिए।

हराएपछि प्रहरीले तथा स्थानीयले खोजतलास गर्ने क्रममा साउन २४ गते दिउँसो सोही सामुदायिक जंगलमा सिंहलाई मृत अवस्थामा फेला पारेका हुन्।

सिंहको मृत्युको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: नेपाल प्रहरी

Leave a Reply