You are currently viewing ४ लाख बराबरको कपडाहरु पर्सा प्रहरीको नियन्त्रणमा

४ लाख बराबरको कपडाहरु पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, ३ साउन,

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोक स्थित जिल्ला प्रहरी कार्यालय, पर्साको मातहत प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले विभिन्न किसिमको कपडाहरु नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट अन्यत्र तर्फ जाने सार्वजिनक सवारी साधनहरूलाई रोकी जाँच गर्ने क्रममा सार्वजनिक बसको डिकीमा लुकाइ छिपाइ राखिएको अन्दाजी मूल्य रू. ४ लाख बराबरका कपडाहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतीय विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

Leave a Reply