दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षको नैन सिंह बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजले विगत ३ महिना देखी ठगी कार्य गरीरहेका थिए ।
निजले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सि. आइ. बी. प्रहरीको र राष्ट्रिय अनुसन्धानको डि.एस.पी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आउको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गर्थे ।
प्रहरीलाई सूचना प्राप्त भए पश्चात निजको खोजतलास गर्दै जाने क्रममा श्रावण १ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ एन.टि.भी रोड स्थित फेला पारी नियन्त्रणमा लिइएको हो ।
निज माथि थप अनुसन्धान कार्य भइरहेको र साथै निजले अरु स्थानमा पनि गई ठगी गरेका छन् भने इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न बाँकेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले अनुरोध गरेका छन् ।