You are currently viewing ४९ किलो गाँजा सहित ३ जना पक्राउ

४९ किलो गाँजा सहित ३ जना पक्राउ

नेभा, उदयपुर, १ साउन,

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ रिस्कुबाट ४९ किलो लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाँपालिका वडा नम्बर १ बाहुनीटारका ३१ वर्षीय शम्भु राई, १८ वर्षीय आषिश भुजेल र अर्का एकजना बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले तीनै जनाले बोकेर ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका निजहरुलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट थप अनुसन्धान भइरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply