You are currently viewing ९ करोड भन्दा बढी ठगी अभियोगमा “सहकारी संचालक” पक्राउ

९ करोड भन्दा बढी ठगी अभियोगमा “सहकारी संचालक” पक्राउ

नेभा, काठमाडौं, २१ असार,

काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा स्थित आईडियल यमूना हाम्रो वहुउदेश्यीय सहकारी संस्था ले डासुराम शर्मा समेत ६५ जना बचतकर्ताहरुको रु. ९ करोड २६ लाख ९ हजार ६ सय ६४ रुपैयाँ अपचलन गरी ठगी गरेको अभियोगमा सहकारी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको भनि प्रहरी वृत्त महाराजगंजमा जाहेरी प्राप्त भई सो संस्थाका अध्यक्ष कृष्ण बहादुर उप्रेती समेत १२ जना विरुद्ध ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति जारी भएकोमा दोलखा जिल्लाको मान्दु वडा नम्बर ८ स्थायी वतन भई हाल जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा स्थित आईडियल यमुना बहुदेश्यीय सहकारी संस्था का संचालक ६५ वर्षीय अध्यक्ष कृष्ण बहादुर उप्रेतीलाई पक्राउ गरिएको छ ।

उक्त सहकारी संस्था (हाम्रो सगरमाथा, आईडियल यमूना, नागरिक कल्याण, तपाई हाम्रो र घेदुङ वहुउदेश्यीय सहकारी संस्था) ५ वटा संस्था एकिकृत भई आईडियल यमूना हाम्रो वहुउदेश्यीय सहकारी संस्था लि. कायम गरी साल २०८० चैत ९ गते सहकारी विभाग नयाँ बानेश्वरमा दर्ता भएको थियो ।

पक्राउ परेका निज कृष्ण बहादुर उप्रेती उपर कानूनी प्रकृया अगाडी बढाई थप अनुसन्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply