राष्ट्रिय परीक्षा बोर्ड द्वारा आज असार १३ गते माध्यामिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
कुल ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थीहरुको परिक्षामा सहभागिता थियो । जसमध्ये २ लाख ३१ हजार ५ सय ३ जना महिलाहरु र २ लाख ३३ हजार २ सय ७० जना पुरुषहरु थिए ।
१ लाख १४ हजार ४८ पुरुषहरु र १ लाख २८ हजार २ सय ५७ जना महिलाहरु गरी कुल २ लाख ४२ हजार ३ सय १३ जना NG लागेर अनुत्तीर्ण भएका छन् भने बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट २ सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।
जीपीए २ देखि २.४० ल्याउने २ हजार ९ सय ५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४ सय ७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८ सय ७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २ सय ५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २ सय ९ जना विद्यार्थी रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड द्वारा प्रकाशित नतिजा अनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण भएको छन् भने ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।