मोरङको रतुवामाइ नगरपालिका वडा नम्बर ४ को झरीलाल महतोको १६ वर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको छ ।
हिजो बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।