You are currently viewing २० लाख भन्दा बढीको समानहरु सहित ढुवानिमा प्रयोग भएको बस नियन्त्रणमा

२० लाख भन्दा बढीको समानहरु सहित ढुवानिमा प्रयोग भएको बस नियन्त्रणमा

नेभा, बाँके, २८ जेठ,

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ११ बि.पी. चोक स्थित भे.१ ख.३१४९ नम्बरको बसमा भारतबाट अबैध रुपमा भन्सार छलि पैठारी गरी ल्याउदै गरेको सामानहरु सहित उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त बसबाट ac २ थान, कुर्ता सुरुवाल ४८ पिस र रोल कपडा ३० रोल गरि मूल्य रु. २० लाख ४८ जहर बराबरको सामानहरु बरामद भएको छ ।

उल्लेखित समानहरु र ढुवानीमा प्रयोग गरिएको बस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply