You are currently viewing लागूऔषधलाई मह भनी रिसिभ गर्न राईडरलाई पठाइयो, २ जना पक्राउ

लागूऔषधलाई मह भनी रिसिभ गर्न राईडरलाई पठाइयो, २ जना पक्राउ

नेभा, काठमाडौं, २२ जेठ,

जेठ २१ गते काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा सर्लाहीदेखि काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख. ४५४० नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली तथा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सर्लाही जिल्लाको बाग्मती नगरपालिका वडा नम्बर ९ स्थित बस्ने २७ वर्षको मेघ बहादुर ठकुरीलाई चेकजाँच गर्दा निजको साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा NITRAVET – 10 लेखिएको ५ सय ७० ट्याबलेट र Codeine Phosphate Triprolidine Hydrochloride Syrup (ONEREX) लेखिएको ७९ बोतल लागूऔषध फेला पारी निज मेघ बहादुर ठकुरीलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले निज मेघ बहादुर ठकुरीसंग प्रारम्भिक सोधपुछ गर्दा उक्त लागूऔषध नाना नामबाट मोबाईल नम्बर सेभ गरेको महिलालाई दिने हो भनि बताएको थियो ।

निज नाना भन्ने महिलाको खोजतलास गर्दा निज महिलाले उक्त बरामद लागूऔषध रिसिभ गर्नका लागि पठाओ राईडर काम गर्ने एकजना मानिसलाई भक्तपुर जिल्लाको राधे राधेमा पठाई बरामद लागूऔषधलाई प्याकिङ गरेको मह हो, रिसिभ गरी ल्याईदेउ भनी पठाओलाई भाडा दिई सामान रिसिभ गर्ने प्रयोजनमा लगाई लिन आएको भनि प्रहरीले बुझेको थियो ।

सर्लाही जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं जिल्लाको माकलबारी बस्ने ३४ वर्षकी नाना भन्ने महिलालाई फेला पारी सोधपुछ गर्दा निजको समेत संलग्नता देखिएको हुँदा निज नाना, माया लामा भन्ने सक्कली डिमडुङलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply