बीरगञ्ज, सावन ३,
नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना अनुसार बीरगंज महानगरपालिको कार्यालयले आफ्नो मातहतमा रहेका ३२ वटै वडा कार्यालयहरुबाट सामाजिक सुरक्षा भत्ता सम्बन्धि सेवा लिन आह्वान गरेको छ ।
बीरगंज महानगरपालिकाको कार्यालयले आफ्ना वडा कार्यालयहरु मार्फत पहिला देखि सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका जेष्ठ नागरिक, एकल महिला, अशक्त/अपाङ्ग, लोपोन्मुख जाति तथा बालबालिका जस्ता लाभग्राहिहरुलाई नयाँ आर्थिक मसान्तका लागि आफ्नो स्थायी ठेगाना रहेको वडामा स्वयं वा संरक्षक/माथवर उपस्थित भई आआफ्नो परिचयपत्र अनिवार्यरुपमा नविकरण गराउनका लागि सूचना जारि गरेको छ ।
साथै आर्थिक वर्ष २०७८/०७९ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य भएका नयाँ लाभग्राहिहरुलाई पनि नयाँ नामावलिमा सुचिकृत हुनलाई पनि आह्वान गरेको छ ।
सो को लागि श्रावण १ गते देखि कात्तिक मसान्त सम्मको समय सिमा तोकिएको भए ता पनि समयमा नविकरण गराउन नसकेका लाभग्राहिहरुलाई आफ्नो प्रणालिबाट नाम हटाउने तथा पुनः नयाँ लाभग्राहिको रुपमा आफ्नो नाम दर्ता गराउनुपर्ने तथा सो अवधिको सामाजिक सुरक्षा भत्ता नदिइने व्यहोरा पनि सूचना निकाली जानकारी गराएको छ ।

