You are currently viewing खसी चोरीगर्ने व्यक्ति पक्राउ, खसी बोका लैजान प्रहरीको आग्रह

खसी चोरीगर्ने व्यक्ति पक्राउ, खसी बोका लैजान प्रहरीको आग्रह

नेभा, बनेपा, १० जेठ,

भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित अस्थाई प्रहरी पोष्ट आशापुरीबाट खटिएको प्रहरी गस्ती टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा एकजना खसी चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला काभ्रेपलाञ्चोकबाट आशापुरी तर्फ जादै गरेको बा.७० प. ६५२५ नम्बरको स्कुटर रोकी चेक जाच गर्दा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ नयाँ बस्ती बस्ने ५७ वर्षको जुजुकाजी सिफरलाई उक्त स्कुटर सहित प्रहरीले पक्राउ गरेको हो ।

निजले उक्त स्कुटरमा सेतो रंगको खसी राखी ल्याएको देखी सोध पुछ गर्दा उक्त खसी काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ३ तिनखुट्टे स्थित बस्ने रुद्र प्रसाद सापकोटाको थियो ।

घर गोठमा बाधि राखेको स्थानबाट चोरी गरी ल्याएको बुझिएकोले निजलाई नियन्त्रणमा लिई जेठ ९ गते चोरी कुसुरमा काभ्रेपलाञ्चोक जिल्ला, अदालतबाट म्याद थप भई थप अनुसन्धान भैईरहेको कुरा इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ ।

कोही कसैको खसी बोकाहरु हराएको र निज व्यक्तिले चोरी गरेको शंका लागेमा निजलाई पहिचान गर्न सक्ने कोही हुनु हुन्छ भने इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा आउनहुन वा यो ९८५१२८२९१३, ९८५१२००२९९ र ९८५१२५४५३१ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply