You are currently viewing जबरजस्ति करणी गरेको आरोपमा राई पक्राउ

जबरजस्ति करणी गरेको आरोपमा राई पक्राउ

नेभा, संखुवासभा, ८ जेठ,

संखुवासभा मादी नगरपालिका वडा नम्बर ६ पुलुङ बस्ने २१ वर्षको काले भन्ने गयामणी राई (देवान)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजले १७ वर्षकी परिवर्तित नाम ०५(N) लाई डर धाकधम्की दिई जेठ १ गते जबरजस्ती करणी गरेको भन्ने जेठ ५ गते मौखिक रुपमा प्राप्त सूचनाको आधारमा प्रहरी टोलिले निज प्रतिवादीलाई गरेको छ ।

खोजतलास गर्ने क्रममा मादी नगरपालिका वडा नम्बर ६ स्थित सार्वजनिक बाटोमा हिडिरहेको अवस्थामा सोही दिन पक्राउ गरिएको हो ।

पीडित पक्षबाट जेठ ६ गते प्राप्त जाहेरीको आधारमा निज प्रतिवादी राई उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

Leave a Reply