You are currently viewing चोरी भएका दुई मोटरसाइकलसहित दुई जना पक्राउ

चोरी भएका दुई मोटरसाइकलसहित दुई जना पक्राउ

भाद्र २८, काठमाडौं,

काठमाडौंको स्वयम्भू क्षेत्रबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ ९ गते अपराह्न ४:४५ बजे काठमाडौं महानगरपालिका–१५ स्थित भगवानपाउँबाट मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।

खोजतलासका क्रममा भदौ २३ गते साँझ ७:३० बजे काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बुद्धपार्कबाट चोरी भएका प्रदेश १-०५-००९ प ८५६६बागमती प्रदेश ०२-०३५ प ५२९९ नम्बरका दुई मोटरसाइकल फेला परेका प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल चोरीका क्रममा प्रयोग गरिएको टी आकारको मास्टर की थान–१, मोबाइल थान–२ तथा चोरी गर्दाका बखत लगाएका कपडासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बेलखु घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २२ वर्षीय आयुष तामाङमकवानपुर कैलाश गाउँपालिका–१ चामाखर्क घर भई काठमाडौं तारकेश्वर नगरपालिका–७ फुटुङ बस्ने २३ वर्षीय विपेश तामाङ रहेका छन्।

पक्राउ परेका उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Leave a Reply