You are currently viewing फरार प्रतिवादी १२ वर्ष पछी पक्राउ

फरार प्रतिवादी १२ वर्ष पछी पक्राउ

नेभा, रुपन्देही, २२ पुष,

रुपन्देही जिल्ला अदालत रुपन्देहीको २०६८ साल भाद्र ३० गतेको फैसलाले डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र ३० हजार जरिवाना भई फरार रहेको प्रतिवादीलाई प्रहरीले १२ वर्षपछी पक्राउ गरेको छ ।

जिल्ला रुपन्देही साविक रुद्रपुर गाउँ विकास समिति वडा नम्बर ९ घर भई हाल कञ्चन गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षको बेल बहादुर थापालाई पुष १९ गते जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको छ ।

निजलाई पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश भएकोमा उक्त प्रतिवादीलाई उल्लेखित कैद भुक्तानको लागी पुष २० गते जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

Leave a Reply