You are currently viewing ६ सय ९० किलो गाँजा सहित ४ जना व्यक्तिहरु पक्राउ

६ सय ९० किलो गाँजा सहित ४ जना व्यक्तिहरु पक्राउ

नेभा, बिराटनगर, २ जेष्ठ,

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६ सय ९० किलो लागूऔषध गाँजा सहित ४ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय, साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका वडा नम्बर ५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो ।

ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका वडा नम्बर १४ मकवानपुरका २५ वर्षको चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका वडा नम्बर ६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का ३० वर्षको अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका निजहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोबाइल सेट समेत बरामद गरेको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय, रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट २५० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको थियो ।

गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका वडा नम्बर ३ धनकुटाका १८ वर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ ।

लागूऔषध गाँजा सहित पक्राउ परेका निजहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply